भिखारी(beggar)

“We feel some people we meet” ……….yahoo_1460545310

कूचिएको शीर लिएर
थुनिएको बोली लिएर
बाध्य मन्द मुस्कान लिएर
चामल र सिक्का बटुलेर
यसरी नै हिड्छ ऊ
अलपत्रीएको शरीर लिएर ।।

उसलाई मैले पहिलो पटक देंखे । हैन हैन पहिलो पटक सुने।”बहिनी” भनेर बोलाएको थियो उसले। बहिनीले कानमा स्पर्स गर्दा झसंग र पलभरमै रसिला आँखा र कूचियेर हावा नभएको भकुन्डो झै शीर देखेर अचम्म ‘म’। खै मैले त हजुर पनि भनिनछु।

त्येही थुनिएको बोली फेरि बोल्दा
घर कता बहिनी तिम्रो भन्दा
शैली र ढंग ले गर्दा होला
आफ्नोपन झैं लागेको ‘बहिनी’ भन्दा ।

मैले मुख खोले है अब।झापा थाहाछ?म त्येतैको हो ।वाक्य पूरा हुन नपाई “उर्लाबारी ,मोरंग ,चारआली, दमक सबै थाहाछ,म पूर्वकै त हो नि”। यस्तो जवाफ आयो।म अब उसलाई नियाल्न थाले।

शिर देखि पाउ सम्म दाग भएपनि मनको क्यामेराले उसको वास्तविकता चीत्र्याए।सांचै एक चट्टक्क परेको गरिखाने युवक। मेरा आँखा फेरी विपना तर्फ मोडिदा विपना नै त्रसित देखिन्थ्यो।।

यो कस्तो हालत दाजु ?
कसरी आइपुग्नुभयो यहांँ ?
कसरी भयो यो सब ?
बांकि परिवार छन कँहा ?

ओहो बाढी आएर भेल बघेझै एकै सासमा उसका भावहरु पोखिए। “घर थिए ,गाडी थिए ,परिवार धन सबले ओतप्रोत थिएँ म,सबै बद्लियो एकै मिनिटमा जब मेरो ज्यान सात तला माथीबाट भुइँमा जोडियो।कसरी जोडिएँ थाहा छैन ‘भाचिएँको थिएँ म’।। कसरी पोकीयो मेरो शीर खै ‘छल्लबल्ल पोखिएका थिए रे टाउका भीत्रका अंगहरू।। “नसिलाको ठाउँ छैन” भन्दै उसले सारा शरीर मलाई देखायो। एकैचोटी दुई बर्षपछि उठेर जमिनमा पाइलीदा जमिनमै पुगिसकेको थाहापाएँ ।

“मलाई परिवारले सिलाउँदै गएछन उता उनीहरूका लुगा फाट्दै गएछन”। 

सम्पत्तिको गाग्री रीतीयो। पाइला टेकेको दिन देखि मैले जागिर खान थालें ‘भिखारी’।।।
म छक्क परे र हेरीरहें!!
“छोरी” म झस्किएँ, यसपटकको झस्काइपछी अचम्म परिन म किनभने त्यो मेरी ‘आमा ‘हुनुहुन्थ्यो। जाउँ भनेर इशारा गर्नुभयो । मेरो जिब्रो चलेन तर पाइला चल्यो । परीवारसँग ‘पशुपतिनाथ ‘दर्शन गर्न आएको थिएँ तर
मनको दर्शन भयो ।फेरी पनि भेट हुने आसमा छु । “बहिनी “को स्पर्स खोज्दैछन यी कानले। #kit

20 thoughts on “भिखारी(beggar)”

Leave a reply to Prakrity Cancel reply